पाल्पामा विविध कार्यक्रम गरी मनाइयो नेपाल संवत् ११४७

  • मङगलबार २५ कात्िक २०८३ ०३:०० PM
तानसेन : नेवारी समुदायले नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा मंगलबार तानसेनमा विविध कार्यक्रम आयोजना गरी मनाएका छन्। पासा खल : पाल्पाले राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै नेपाल संवतको महत्व प्रचारप्रसार, नेवारी भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको  हो। नेपाल संवत् ११४७ को अवसरमा पासा खल : पाल्पाले तानसेनको टुँडिखेलमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा दीप प्रज्वलन तथा माल्यार्पण गरेको छ। कार