ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

  • मङगलबार २५ कात्िक २०८३ ०८:२७ AM
प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखिने हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ । नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र