झापामा बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

  • मङगलबार २५ कात्िक २०८३ ०८:३३ AM
झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ । व्यापारिक भवन, होटल तथा आवासीय संरचना थपिने क्रम बढेसँगै व्यापारिक गतिविधि र सहरीकरण पनि तीव्र बनेको छ तर बजारको बदलिँदो स्वरूपअनुसार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विस्तार हुन सकेको छैन । विशेषगरी आगलागी नियन्त्रणका लागि चाहिने आधारभूत पूर्वाधारको अवस्था उस्तै छ । दमकलको व्यवस्था भए पनि तत्काल