काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले सांसद आसिका तामाङले दीपावली र हिन्दू धर्म–संस्कृतिमाथि नकारात्मक टिप्पणी गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साहले दीपावलीका विषयमा तामाङले गरेका टिप्पणीले नेपाली संस्कृति र हिन्दू आस्थाको अपमान गरेको बताएका छन् । उनले तामाङले कहिले दीपावलीमा पटाका पड्काउँदा निद्रा बिग्रिएको त कहिले बत्तीका कारण बिजुलीको बिल बढी उठेको भन्दै टिप्पणी गरेको उल्लेख गरेका छन् । यस्ता अभिव्यक्तिले नेपालीको धर्म–संस्कृतिलाई मजाक बनाएको उनको आरोप छ । ‘कानुन सबैका लागि बराबर हो भने आसिका तामाङजस्ता व्यक्तिले नेपालीको मानमर्दन गर्ने र ... The post आसिका तामाङमाथि कारबाही गर्न विकेश साहको माग appeared first on Kalika Khabar.