भक्तपुर : राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानले आयोजना गरेको नयाँ वर्ष ११४७ को शुभकामना आदानप्रदान तथा राष्ट्रिय विभूति शंखधर साख्वा: काे प्रतिमामा माल्यार्पण कार्यक्रममा सरकारको प्रतिनिधित्व गर्दै आएका गृहमन्त्री सुधन गुरुङ बोल्दै नबोली फर्किएका छन् ।नयाँ थिमिस्थित शंखधर चोकमा मंगलबार बिहान आयोजित कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित गृहमन्त्री गुरुङ बोल्दै नबोली बाहिरिएका हुन् । उनी बिदाइ हुनासाथ प्रमुख अतिथि रहेका प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले कार्यक्रमलाई सम्बोधन गर