वागमतीका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषा प्रयोग गर्ने तयारी

  • मङगलबार २५ कात्िक २०८३ ०७:४१ AM
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले २०८० सालमै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐन पारित गरी कार्यान्वयनमा ल्याएको स्मरण गरे ।