काठमाडौं : नेपाल संवत् ११४७ आज विभित्र कार्यक्रम आयोजना गरी मनाइएको छ। नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्।राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो।लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो। लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ। नेपालको नामबाट नामकरण गरिएको यस