काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश जारी गर्दै नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताएका छन् । नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै उनले आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस् भन्ने कामना गरेका छन् ... The post नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति थापाद्वारा शुभकामना व्यक्त appeared first on Kalika Khabar.