ललितपुर : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान,समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताए । उनले नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा,उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्।'नेपाल संवत्ले लोककल्याणकारी र परोपकारक