काठमाडौं : बर्दिया बढैयाताल गाउँपालिका–८,शीतलबजारस्थित भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। सोमबार बिहान दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक बाँकेको कोहलपुर नगरपालिका–९ बस्ने २० वर्षीय दिक्षित श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने १६ वर्षीय रिदम थापा घाइते भएका थिए।घाइते दुवैजनालाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज पठाइएकोमा प्रारम्भिक उपचारपश्चात