८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते प्रतिष्ठित बुकर पुरस्कार

  • मङगलबार २५ कात्िक २०८३ १०:०० AM
काठमाडौं : बेलायती लेखक एम जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’का लागि सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षको उमेरमा यो सम्मान पाउने उनी इतिहासकै सबैभन्दा पाका लेखक बनेका छन्।सोमबार लन्डनमा आयोजित एक विशेष समारोहमा उनलाई ५० हजार पाउन्डको पुरस्कार राशि प्रदान गरिएको छ। विज्ञान कथा तथा काल्पनिक विधामा कलम चलाउँदै आएका ह्यारिसनको पुरस्कृत उपन्यास विनाशपछिको संसार (पोस्ट-अपोकल्पिप्टिक) मा आधारित छ। रहस्यमय जीवहरूको आक्रमणपछि सामाजिक संरचना ध्वस्