काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार देउसी–भैलो कार्यक्रमको अवसरमा आफ्नै निवासमा लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेका हुन्।उनले भने,‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’ देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले देउसीकै भाकामा उनले भने, ‘देशले अब आन्दोलन धान्दैन, परि आए यी खुट्टा च