काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण देशका हिमाली भू-भागमा आंशिक बदली (बादल) लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै, देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रह