सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

  • सोमबार २४ कात्िक २०८३ १२:०० PM
गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ । आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू गरिएपनि पुन: सोही स्थानमा आज अपरान्ह पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सोपकोटाले जानकारी दिए । “पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ”, उनले