वीरगन्ज : पर्सा प्रहरीले पटका नियन्त्रण अभियान सञ्चालन गर्दै तीन दिनको अवधिमा करिब साढे तीन लाख रुपैयाँ मूल्य बराबरका विभिन्न ११ प्रकारका पटका बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले यही कात्तिक २१ गतेदेखि सुरु गरेको विशेष अभियानका क्रममा ठूलो परिमाणमा आतिशबाजीजन्य विस्फोटक पदार्थ नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार बरामद गरिएका पटाकामा खुर्सानी पटका, चक्र, फुलझरी, रकेट पटका, आलु बम र झिरझिरेलगायत ११ प्रका