अमेरिकाको मिसिसिपीमा सिनेट निर्वाचनको मतगणनामा विवाद, पुनः मतगणना हुन सक्ने

  • मङगलबार २५ कात्िक २०८३ ०१:०० AM
काठमाडौं : अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद चर्किएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथलाई झिनो मतान्तरले पछाडि पारेपछि मतगणना र सम्भावित पुनः मतगणनालाई लिएर विवाद बढेको बिबिसिले जनाएको छ ।सोमबारसम्म ९७ प्रतिशत मतगणना सम्पन्न हुँदा कोलोम हाइड–स्मिथभन्दा करिब २ हजार ५०० मतले अगाडि छन् । बाँकी मतको गणनाले निर्वाचनको अन्तिम परिणाम निर्धारण गर्ने भएकाले दुवै पक्षका कानुन व्यवसायीहरू कानुन