बलात्कार आरोपमा तृणमूल कांग्रेसका विधायक पक्राउ

  • सोमबार २४ कात्िक २०८३ ११:०० PM
कोलकाता : भारतको पश्चिम बंगालमा तृणमूल कांग्रेस (टीएमसी) का विधायक परेश राम दास बलात्कारको आरोपमा पक्राउ परेका छन्।क्यानिङ पश्चिम निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक दासलाई सोमबार प्रहरीले कोलकातास्थित नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनी मुम्बई भाग्ने प्रयासमा रहेको प्रहरी अधिकारीले बताएका छन्।बारुईपुर जिल्ला प्रहरीको विशेष अपरेसन समूहले विधाननगर प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो।पक्राउ परेपछि पत्रकारहरूसँग कुरा गर्दै दासले आफूलाई कुन मुद्दामा पक्राउ गर