काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । कार्यालयमा सोमबार आयोजित तिहार तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाडपर्वका समयमा ट्राफिक व्यवस्थापनमा कुनै पनि कमी कमजोरी हुन नदिन उच्च सतर्कताका