जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयले भन्यो : चौबिसै घण्टा देउसी–भैलो खेल्न दिनू

  • सोमबार २४ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : गृह मन्त्रालयले सुरक्षित, मर्यादित तथा सुव्यवस्थित रूपमा चौबिसै घण्टा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।  सोमबार भएको सचिवस्तरीय निर्णय अनुसार नेपालीहरूको मौलिक, सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा रहेको देउसी–भैलो आवश्यक सुरक्षा अपनाएर चौबिसै घण्टा सञ्चालन गर्न दिइने भएको हो। सोही अनुसार मन्त्रालयले मौलिक कला र संस्कृतिलाई प्रोत्साहन दिने तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा परम्परागत देउसी