रासिद खानको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्य

  • सोमबार २४ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको २०औं खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो। काठमाडौं गोर्खाजको लागि रासिद खानले सर्वाधिक ५२ रन बनाए। उनले ३० बलमा २ चौका र ४ छक्का प्रहार गरे। उनले चौथो विकेटको लागि साहान अर्राच्चिगेसाग ५३ रनको साझेदारी बनाएर खेलेका थिए। काठमाडौंले ओपनरद्वयलाई सस्तैमा गुमायो। काठमाड