काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको २०औं खेलमा चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाज पावरप्लेमा मध्यम सुरुवात गरेको छ। पावरप्लेमा काठमाडौं गोर्खाजले २ विकेटको क्षतीमा ४२ रन बनाएको छ। काठमाडौंले ओपनरद्वयलाई सस्तैमा गुमायो। काठमाडौैं गोर्खाजले पहिलो विकेटको रुपमा डेविड वार्नरको विकेट गुमायो। वार्नर कमल सिंह ऐरीको बलमा बोल्ड भए। अर्का ओपनर साहिल पटेल ८ रन बनाउँदै क्याच भए। विलियम वासिस्टो १८ र रासिद खान १० रन बनाएर खेलिरहेका छन् । चितवन राइनोजको लागि कमल सिंह ऐरी