अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले नोभेम्बर ४ (कात्तिक १८) मा इन्स्टाग्राममा एउटा पोस्ट गरे। उक्त भिडियो पोस्टले लाखौँ दर्शकको ध्यान तान्यो। वार्नरले पोस्ट गरेको भिडियोमा सगरमाथाको दृश्य समेटिएको थियो। नेपालको प्राकृतिक सुन्दरताबाट प्रभावित वार्नरले भिडियो पोस्ट गर्दै सगरमाथा आफ्नै आँखाले देख्नु अविश्वसनीय अनुभव भएको उल्लेख गरे। उनले त्यसअघि नेपालीको आतिथ्य, आत्मीयता र क्रिकेटप्रतिको प्रेमको पनि