काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध ६३ रनको जित दर्ता गरेको छ। यो पोखरा एभेन्जर्सको पहिलो जित हो। कर्णालीको भने यो तेस्रो हार हो। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखराले २१७ रन बनाएको थियो। पोखराले दिएको २१८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्स १८.३ ओभरमा १५४ रन बनाएर अलआउट भएको छ। कर्णाली याक्सका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनााए। उनले ३१ बलमा १ चौका र २ छक्का प्रहार गरे। उनले सातौं विकेटका लागि