काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताएका छन्। तिहार, नेपाल संवत् ११४५ (न्हूदँ)तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले झुट र विध्वंसप्रति आपत्ति जनाएका हुन्।उनले समाजमा झुट बोल्ने, राष्ट्रिय सम्पत्तिमा आगो लगाउने र लुटपाट गर्ने जस्ता कार्यले विश्वभरि नै नेपाली जातिको बेइज्जत र बदनाम भएको उल्लेख गरे।पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बुद्धको उपदेश अनुसार चलेको शान्तिको संस्कृतिल