युवराजको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

  • सोमबार २४ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८रनको बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ। ओपनर युवराज समराको उत्कृष्ट शतकमा पोखराले कर्णालीलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो। युवराज र कुशल भुर्तेलले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी बनाएका थिए।  त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रन बनाएको हो। यो तेस्रो संस्करणमा बनेको सबैभन्दा ठूलो लक्ष्य हो। पोखराका लागि ओपनर यु