काठमाडौं :नुवाकोट विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा तीनजनाको मृत्यु भएको छ । सोमबार बिहान करिब ११ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोट विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ,नुवाकोट विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीय बिन्दा थापा मगर र सोही स्थान बस्ने २७ वर्षीया सुनिता थापा मगरको