काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १९ औं खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर ब्याटर युवराज समराले अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सको लागि युवराजले २३ बलमा ६ चौका र २ छक्कासहित समराले अर्धशतक पूरा गरे। लगातार ४ हार बेहोरेको पोखराले पाँचौं खेल खेल्दैछ। १० ओभरको खेल सकिँदा पोखरा १ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ। युवराज समरा ६५ र कुशल भुर्तेल २० रनमा अविजित खेलिरहेका छन्।