युवराज समराको शतक

  • सोमबार २४ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको पहिलो शतक पोखराका युवराज समराले हानेका छन्। त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सविरुद्ध टस जितेर ब्याटिङ गरेको पोखराका लागि ओपनर ब्याटर युवराजले ४५ बलमा १० चौका र ६ छक्कासहित शतक पूरा गरेका हुन्। उनी क्यानडाका हुन्।नेपाल प्रिमियर लिगको समग्रमा यो चौथो शतक हो । यसअघि पहिलो संस्करणमा पोखराका एन्ड्रिज गोउसले शतक प्रहार गरेका थिए। दोस्रो संस्करणमा कर्णाली याक्सका मार्क वाट र पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरेका थिए।