पोखराका मार्की खेलाडी कुशलको अर्धशतक

  • सोमबार २४ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्कणमा पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखराका लागि वान डाउन आएका कुशल भुर्तेलले २८ बलमा ६ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। तेस्रो संस्करणमा कुशलको व्याक्तिगत सर्वाधिक स्कोर हो। उनले दोस्रो विकेटको लागि युवराज समरासँग १३६ रनको साझेदारी बनाए।  १६ ओभरमा कुशल ५१ रन बनाएर खेलिरहेका छन्।