चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना सकिन लाग्दा सरकारको बजेट खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार कात्तिक २२ गतेसम्म सरकारले कुल बजेटको २३.११ प्रतिशत खर्च गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो खर्च २२.१२ प्रतिशत थियो