काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा आज पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर कर्णाली याक्सलाई बलिङको निम्तो दिएका छन्। पोखरा र कर्णाली दुवैको यो पाँचौं खेल हो । कर्णालीले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। पोखराले भने ४ खेलमा चारै हार बेहोरेको छ। पोखराले आजको खेलमा पनि हार बेहोरेमा आधिकारिक रुपमा प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टि