झापा : झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका १८ वटा गोरु नियन्त्रणमा लिने क्रममा तस्कर र सुरक्षाकर्मीबीच विवाद भएपछि झडप भएको हो।झापा गाउँपालिका–१ स्थित लसुनगञ्ज सीमा नाकाबाट व्यापक मात्रामा चौपाया तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर रिजर्भ गण पाडाजुङ्गीबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको कमान्डमा २५ जनाको टोली परिचालन भएको थियो।सश