काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा खसेको सुख्खा पहिरो पन्छाउन अझैं एक घण्टा लाग्ने भएको छ। निर्माण कम्पनीका गणेश खड्काका अनुसार एक घण्टाभित्र पहिरो पन्छाएर अवरुद्ध सडक सुचारु हुनेछ। सोमबार बिहान करिब ५ बजे सडकमाथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको पहिरो खसेर सडक ढाकेको हो। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौं र चितवनतर्फ जाने तथा आउने सवारीसाधनको आवागमन प्रभावित बनेको छ।पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन ठप्प हुँदा सयौँ यात्रु तथा सवारीसाधन ब