सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

  • सोमबार २४ कात्िक २०८३ ०६:३४ AM
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८५५ कायम भएको छ ।