काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रहरीले गए रातभर अप्रेसन चलाएर ५५ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट साढे १२ लाख रुपैयाँ नगद र ५३ गड्डी तास बरामद भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले गएराति वीरेन्द्रनगरका विभिन्न वडा तथा क्षेत्रमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता एवं सूचना अधिकारी दीपक मगराठीका अनुसार जुवा नियन्त्रण अभियानमा प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख आफैँ फिल्डमा खटिएका थिए । प्रहरीले जुवाखालबाट नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ ... The post वीरेन्द्रनगरमा प्रहरीको रातभर अप्रेसनः ५५ जुवाडे पक्राउ appeared first on Kalika Khabar.