स्याङ्जा : स्याङ्जा जिल्ला प्रशासनले देउसी–भैलो खेल्ने समयसीमा रातको १० बजेसम्मकालागि तोकेको छ। चाडपर्वलाई व्यवस्थित र मर्यादित बनाउन प्रशासनले देउसी–भैलोलगायतका अन्य सांस्कृतिक कार्यक्रम १० बजेसम्म मात्र सञ्चालन गर्न एक सूचनामार्फत प्रशासनले सूचित गराएको हो।नेपालीहरूको महान् चाडपर्वको अवसरमा शान्ति,सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। चाडपर्वका समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा धार्मिक, सांस्कृतिक र सामाजिक मर्यादा क