काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध समाप्त गर्ने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गर्ने भएका छन् । उनले आउँदो साता चीनको सेन्जेनमा हुने एसिया0प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा दुवै नेतासँग भेटवार्ता गर्ने बताएका हुन् ।अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै पुटिन र सीसँगको सम्भावित भेटमा इरान युद्धसँगै आणविक निशस्त्रीकरणलगायत विषयमा छलफल गर्ने बताएका हुन्