काठमाडौं : नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। आइतबारको तुलनामा सुनको मूल्य १ हजार ३२० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले वृद्धि भएको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको २ लाख ८४ हजार ३०० कायम भएको छ। अघिल्लो दिन आइतबार प्रतितोला सुनको भाउ २ लाख ८३ हजार कायम भएको थियो। महासंघका अनुसार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँ कायम भएको छ। आइतबार सोही परिमाणको चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ पुगेको थियो।