भारतको मध्यप्रदेशमा दीपावलीको रात दुई घरमा भीषण आगलागी, १२ जनाको मृत्यु

  • सोमबार २४ कात्िक २०८३ ०५:०७ AM
नयाँदिल्ली । दीपावलीको रात भारतको मध्यप्रदेश राज्यमा छुट्टाछुट्टै घरमा भीषण आगलागी हुँदा १२ जनाको ज्यान गएको छ ।  कटनी र सिवनी जिल्लामा भएका दुई फरक घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मध्यप्रदेशको कटनी जिल्ला सदरमुकामबाट करिब ५५ किलोमिटर टाढा रहेको बरही कस्बामा आइतबार राति करिब ११ः३० बजे भीषण आगलागी भएको थियो । पूरन अग्रवाल र रितेश अग्रवालको भाँडाकुँडा पसलमा अचानक आगो लागेको थियो । पसलमाथि नै उनीहरूको परिवार बस्दै आएको तीनतले घर थियो । पसलबाट सुरु भएको आगो केही समयमै पूरै भवनमा ... The post भारतको मध्यप्रदेशमा दीपावलीको रात दुई घरमा भीषण आगलागी, १२ जनाको मृत्यु appeared first on Kalika Khabar.