प्रेम सम्बन्धको विवादले मोरङमा निम्त्यायो हत्या, श्रीमती र भारतीय प्रेमी पक्राउ

  • सोमबार २४ कात्िक २०८३ ११:०० AM
विराटनगर : मोरङको जहदा गाउँपालिकामा वैवाहिक सम्बन्ध बाहिरको प्रेम सम्बन्धले गम्भीर रूप लिँदा एक पुरुषको हत्या भएको छ।  श्रीमतीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उत्पन्न विवादका कारण श्रीमतीले आफ्नै भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको हत्या आरोपमा प्रहरीले उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारस्थित कटिहार जिल्लाका २७ वर्षीय सुनील मिश्रलाई पक्राउ गरेको छ।