घोप्टेभीरमा खसेको सुख्खा पहिरो हटाउन मेसिन परिचालन

  • सोमबार २४ कात्िक २०८३ ११:०० AM
धादिङ : चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा बिहानै खसेको सुख्खा पहिरो हटाउनेक्रम जारी रहेको छ। पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन ठप्प भएपछि जेसीबी प्रयोग गरेर पहिरो हटाउन थालिएको नागढुंगा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।सडक डिभिजन कार्यालयका अनुसार पहिरो हटाउन ३ वटा मेसिन परिचालन गरिएको छ। थप २ वटा मेसिनले पनि काम गर्ने तयारी भइरहेको छ।  थप पहिरो नआएको खण्डमा अबको करिब ३ घण्टाभित्र  पहिरो हटाई यातायात सुचारु गराउने आँकलन गरिएको सडक डिभिजन कार्यालयल