कपिलवस्तु : कपिलवस्तुमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तुको वर्गदामा तौलिहवाबाट बहादुरगञ्जतर्फ जाँदै गरेको लु १ ख ९७२६ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर निवासी ७७ वर्षीय लखन अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ।बसको ठक्करबाट गम्भीर घाइते भएका अहिरलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाई छ।