लक्ष्मीपूजाको राति भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

  • सोमबार २४ कात्िक २०८३ ११:०० AM
काठमाडौं : भारतको मध्य प्रदेशको कटनीमा लक्ष्मीपूजाको राति (आइतबार)एक भवनमा आगलागी हुँदा एकै परिवार छजनाको मृत्यु भएको छ।कटनीका एसडीओपी वीरेन्द्र नार्वेले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार भवनको भुइँ तल्लामा प्लास्टिक युनिट थियो भने परिवार माथिल्लो तलामा बस्थ्यो।उनले आगलागीको कारण अझै स्पष्ट नभएको बताए। बत्ती वा सर्ट सर्किटका कारण भएको हुनसक्ने आशंका गरिएको छ। मृत्य हुनेमा ७० वर्षीय दुई पुरुषसहित,एक महिला र तीन बालबालिका छन्।