काठमाण्डु – दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।