काठमाडौं : जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको इनरुवा नगरपालिका -९ बस्ने २० वर्षीय आकाश कुमार खत्बेलाई प्रहरीले निजकै घरबाट पक्राउ गरेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।उनले भने, 'सुनसरी जिल्ला अदालतको फैसलाले जबर्जस्ती करणी मुद्दामा १३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका खत्बे झुम्का कारागारमा १ वर्ष ८ महिना ६ दिन कैद भुक्तान गरी बसेका थिए। तर, भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए।'