हिमपातले लिमीमा आन्तरिक नाकाबन्दी, न्यालुलेकको हिउँ पन्छाउन थालियो

  • सोमबार २४ कात्िक २०८३ ०३:४३ AM
हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ । गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्डअन्तर्गत करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक हिउँले ढाकिएको छ ।