काठमाडौं। टर्कीको अन्ताल्यामा आजदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले जलवायु न्याय, पर्वतीय क्षेत्रका जोखिम, हानि तथा नोक्सानी र जलवायु वित्तलाई प्राथमिकताका साथ उठाउने भएको छ। नेपालले भोटेकोशी, बूढीगण्डकी, लेन्दे खोला र थामेमा भएका बाढीका घटनाबाट परेको मानवीय तथा भौतिक क्षतिको विवरण प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र जलवायु न्यायको माग गर्ने तयारी गरेको छ। सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोली टर्किए प्रस्थान गरिसकेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी भने मङ्गलबार प्रस्थान गर्ने कार्यक्रम छ। नेपालका तर्फबाट मन्त्री खनालले उद्घाटन सत्रमा सम्बोधन गर्नेछन्। मन्त्री चौधरीले प्राविधिक सत्रको नेतृत्व गर्नेछिन् भने मन्त्री मेहताले जलवायु सङ्कटले स्वास्थ्य क्षेत्रमा पारेको असरबारे धारणा राख्नेछिन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा