काठमाडौं : नेपालीहरूको दोस्रो महान् पर्व तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।हिन्दू धर्ममा गाईलाई 'गौमाता' का रूपमा सम्मान गर्दै पवित्र जनावर मानिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँतको धार्मिक, सांस्कृतिक तथा आयुर्वेदिक रूपमा विशेष महत्व रहेको छ।शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा छ। यस दिन गाईको विधिपूर्वक पूजा गरी खानेकुरा दिएमा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। साथै, धार्मि