घोप्टेभीरमा बिहानै पहिरो, पृथ्वी राजमार्ग ठप्प

  • सोमबार २४ कात्िक २०८३ ०८:०० AM
धादिङ : चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा बिहानै खसेको सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन ठप्प हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।सोमबार बिहान करिब ५ बजे सडकमाथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको पहिरो खसेर सडक ढाकेको हो। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौं र चितवनतर्फ जाने तथा आउने सवारीसाधनको आवागमन प्रभावित बनेको छ।चितवन प्रहरीका अनुसार पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइर