काठमाडौं: नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा छ।महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली